डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागे कैदी

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन्।
बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन्।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२७ जना कैदी रहेकोमा ८४ जना भागेको जानकारी दिए। उनका अनुसार ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै छन्।
‘आगजनी र तोडफोड गरेर भागे भन्ने खबर आएको छ। सुरक्षाकर्मी लगाएर खोजेर पुनः ल्याउँछौं,’ उनले भने।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया