Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

ओली भन्छन् राजनितिक निकासका लागि राजिनामा दिए


ओली भन्छन् राजनितिक निकासका लागि राजिनामा दिए

काठमाडौँ– प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।

हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामा भनेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode