Hikmat Acharya
  • २४ भदौ २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन


कञ्चनपुर : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलनमा प्रहरीले नाबालकमाथि समेत गोली बर्षाएर निहत्था नागरिकको हत्या गरेको भन्दै कन्चनपुरमा गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामा मागिएको छ।

माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित राजीनामा गरेका हुन्।

जेनजी आन्दोलनमा सरकारले नाबालक विद्यार्थीको टाउकोमा गोली प्रहार गरेर हत्या गरेको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला दहन गरेको माओवादी नेताहरूले बताएका छन्।

माओवादी नेतृ माया नेगीले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो आन्दोलनमा छानिछानी टाउँको मै गोली प्रहार गरेको हुँदा विरोधस्वरुप गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन गरेको बताए।

उनले अब यो मन्त्री र प्रधानमन्त्रीको राजीनामा भन्दा सिँगै सरकार ढाल्नुपर्ने बताइन्।

अखिल क्रान्तिकारी कन्चनपुरका विद्यार्थी नेता दलबहादुर धामी(अविरल)ले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले आन्दोलनमा उत्रिएका जेनजी समूहका युवालाई उत्तेजित बनाएर आन्दोलन भड्काएको बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode