यी हुन् ट्रमा सेन्टरमा ज्यान गुमाउने ५ जना {नामसहित}
 
	
				
			काठमाडौँ : काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएका आठ व्यक्तिमध्ये छ जनाको पहिचान भएको छ।
अस्पतालका अनुसार मृत्यु हुनेमा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठेगाना नखुलेका २८ वर्षीय गौरव जोशी, २४ वर्षीय सौरभ कटुवाल, र काठमाडौं बनस्थलीका २६ वर्षीय ईश्वतबहादुर अधिकारी रहेका छन्।
अस्पतालले करिब २६–२७ वर्षका दुई जनाको पहिचान अझै खुल्न नसकेको जनाएको छ। सुरक्षा र प्रशासनिक प्रक्रिया पूरा भएपछि बाँकी व्यक्तिहरूको नाम सार्वजनिक गरिने अस्पतालले बताएको छ।
त्यस्तै अस्पतालमा ६६ जनाको उपचार जारी रहेको छ। ‘जेनजी’ पुस्ताद्वारा भएको आन्दोलन हिंसात्मक हुँदा उनीहरुमाथि प्रहरीले गोली चलाएको थियो।
क्याटेगोरी : राजनीति, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया