Hikmat Acharya
  • १२ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु


काठमाडौं– रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

हत्या आरोपी भनिएका पासवाना भने आत्मदाह प्रयास गरेको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि फेला परेका थिए ।

उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode