Hikmat Acharya
  • ११ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा गौराको चहलपहल सुरु, भोलि बिरुडा पञ्चमी


धनगढी : सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा भदौ १२ गतेदेखि सुरु हुँदैछ।

बिरुडा पञ्चमीका दिन गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर अन्न भिजाई पर्वको औपचारिक सुरुवात गरिने छ।

ज्योतिष पण्डित लवदेव भट्टका अनुसार यस वर्षको गौरा शुक्ल पक्षमा परेको हुँदा यसलाई ‘उजेली गौरा’ भनिन्छ।

विवाहित महिलाले दुबधागो (गौराधागो) धारण गर्ने परम्परा छ, जसलाई दीर्घायुष्य र पारिवारिक समृद्धिको प्रतीक मानिन्छ।

गौराको मुख्य दिन दुर्वाष्टमी (अठ्यावाली) भदौ १५ गते पर्छ। यस दिन व्रतालु महिलाले गौरादेवीको पूजा गर्दै फाग र सगुन गीत गाउने, देवीको प्रतिमूर्ति बनाउने र प्रसादस्वरूपको बिरुडाले परिवारजनलाई पुज्ने चलन छ।

गौरापछि ठाडो खेल, ढुस्को, धमारीजस्ता खेल खेल्ने परम्परा अझै जीवित छ।

हाल गाउँघरमा चहलपहल बढेको छ र विदेशिएका युवासमेत गाउँ फर्किन थालेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode