Hikmat Acharya
  • १० भदौ २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलाली कारागारमा एक थुनुवाको मृत्यु


 

कैलाली– कैलाली कारागारका एक थुनुवाको मृत्युु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमवार दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

उनलाई अस्पताल लगेको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले बताए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताएका छन।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode