अछाममा ट्याब्लेटसहित २ जना पक्राउ

अछाम– अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाई चेकजाँचको क्रममा २ जना पक्राउ परेका हुन् ।
चेकजाँच गर्दा प्रिगाबालिन–६०, ट्रामावेल– २६ ट्याब्लेट फेला परेपछि मोटरसाइकल चालक बान्नीगडी जयगढ गाउँपालिका–५ बस्ने १९ वर्षीय राकेश साउँदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजार स्थित ३० वर्षीय कृष्ण बुढालाई पनि पक्राउ गरिएको बताइएको छ ।
उनले सञ्चालन गर्दै आएको न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
होटलको खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामावेल ३६, निमाडोल–२०, प्रिगाबालिन–३५, लोसपास–६९, दुलोसित–२०, एजिथ्रोमेसि–२०, सेतिमेक्स–५ र डिक्लोफेनासोडियम–५ ट्याब्लेटसहित बुढालाई पक्राउ गरिको प्रहरीले जनाएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय बयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया