राष्ट्रपति पौडेलसँग विपिनका आमा र बहिनीको भेट, के भयो कुराकानी ?

धनगढी : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए।
उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया