Hikmat Acharya
  • ५ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

ट्याक्टर दुर्घटनाका दुई परिवार न्याय र क्षतिपूर्ति खोज्दै बझाङमा


बझाङ– जाजरकोटका दुई जना कामदारहरूको गत असोजको २ गते बझाङमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भयो ।

जाजरकोटको भेरी नगरपालिका–२ का संजय बुढा र लोकेन्द्र घर्तीका परिवारले पाउनु पर्ने क्रिया खर्च र क्षतिपूर्ति अझै पाएका छैनन् ।

क्रिया खर्च र क्षतिपूर्ति नपाएको भन्दै उनीहरूका परिवार बझाङ पुगेका छन् । उनीहरू न्यायको माग गर्दै बझाङ पुगेका हुन्।

ट्याक्टर दुर्घटना भएको बेला ट्याक्टर धनी र झनना–मालुमेला सडकमा काम गराउने ठेक्दार अरुणप्रसाद थपलियाबिच मृतकका परिवारलाई क्रिया खर्च र क्षतिपूर्ति दिने सहमति भएको थियो।

उनीहरूका परिवारलाई क्षतिपूर्ति बाफत प्रति परिवार सात लाखका दरले रकम दिने भनिएको थियो । तर, ११ महिनासम्म क्षतिपूर्ति नपाएको भन्दै मृतकका परिवारका सदस्यहरू बझाङ पुगेका हुन् ।

संजयका बुवा कृष्ण र लोकेन्द्रका बुवा तुल्या बझाङको सदरमुकाम चैनपुर पुगेका हुन् । उनीहरूले प्रहरी तथा जिल्ला प्रशासन कार्यालय, बझाङ धाउदै आएका छन्।

उनीहरूले जिल्ला प्रहरी कार्यालय, बझाङमा क्षतिपूर्तिको बाँकी रकम असुल उपर गरिपाउँ भन्दै निवेदन नै दिएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङले उनीहरूले बाँकी रकम नपाएको बताएको छ।

मृतक लोकेन्द्र धर्तीका बुवा तुल्या घर्तीले १४ लाखको कागज बनेको भएपनि हालसम्म चार लाख मात्र पाएको बताए।

१० लाख रुपैयाँ क्षतिपूर्ति बाफतको पाउन बाँकी रहेको उनले बताएका छन्। सडकमा काम गराउने मुख्य ठेक्दार अरुण प्रसाद थपलियाको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

तर, उनी प्रहरीको नियन्त्रणमा छैनन्। तर, मृतकका बुवासहितका पाँच जना १५ दिनदेखि बझाङमा छन्।

प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पनि मृतक परिवारले पाउनुपर्ने क्षतिपूर्तिको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्। सम्बन्धित व्यक्तिलाई बुझेर समाधानको प्रयास गर्ने उनले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode