अछाममा परिचयपत्र बनाउन हिडेका वृद्धको मृत्यु

अछाम– अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु भएको छ।
जिल्लाको तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ बर्षिय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो।
मङ्गलवार बिहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आइरहेका थिए ।
उनको कमलबजार नगरपालिका–२ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिंड्दा–हिंड्दै एक्कासि ढलेका थिए।
स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका जेष्ठ नागरिक अपाङ्गता भएकाहरूले सास्ती खेप्नुपरेको छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया