जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अछाम : सूर्यज्योति लाइफ इन्स्योरेन्स अछाम शाखाका प्रबन्धक गणेश साउदले जन्मदिनको अवसरमा २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।
मंंगलबार उनले बान्नीगडी गाउँपालिका–६ दर्ना काडाकोटस्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत २५ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न छात्र–छात्रालाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
सामाजिक क्षेत्रमा सक्रिय साउदले विद्यालयका छात्र–छात्रालाई शैक्षिक सामग्री वितरण गर्दै विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउने कार्यलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया