Hikmat Acharya
  • ४ भदौ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

पृतनापति र सीडीओले किन भेटे सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ ?


धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भेटघाट गरेका छन्।

प्रदेश प्रमुख कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख मियाँले हालै सरुवा भएका पृतनापति देउजालाई बिदाइ गरेका थिए भने कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी लम्साललाई स्वागत गरेका थिए।

भेटघाट कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode