कुलोको निहुँमा दाईले भाइलाई खुकुरी हने
गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुँदा बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका छन्।
पक्राउ परेका बाबुकाजीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते खोपबहादुरलाई गोरखा अस्पतालबाट चितवन रिफर गरी पछि काठमाडौंमा उपचार भइरहेको छ।
१८ साउन, गोरखा । गोरखामा खेतमा पानी लगाउने कुलोको निहुँमा विवाद हुदाँ भाइमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका छन् ।
प्रहरीका अनुसार गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाइ खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् ।
‘शुक्रबार राति करिब १० बजेको समयमा दाजुभाइबीच कुलोको निहुँमा वावविवाद भएको रहेछ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘सोही क्रममा बाबुकाजीले भाइ खोपबहादुरलाई खुकुरीले हानेछन् ।’
धारिलो हतियार र लौरेले शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको भनी जाहेरी प्राप्त भएपछि बाबुकाजीलाई पक्राउ गरिएको शर्माले जानकारी दिए ।
पक्राउ परेका बाबुकाजीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हाल काठमाडौंमा उपचारत छन् । प्रहरीका अनुसार उनको टाउको, पेट र हातमा चोट लागेको छ ।
गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवन रिफर भएका उनलाई चितवनबाट काठमाडौं रिफर गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया