Hikmat Acharya
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

शहर फेरीए, तर संस्कार फेरीएन, छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा अछामकी एक महिलाको मृत्यु


कञ्चनपुर– कृष्णपुर–१ निगालीकी २८ वर्षीया कमला औजी । महिनावारी भएपछि घरमै नबस्ने संस्कारका कारण उनी छाउगोठमा बस्न बाध्य भइन् ।

२७ गते राति करिब १२ बजे, मध्यरातको सूनसान तर जंगल झैँ खतरनाक वातावरणमा सुतिरहेको कमलालाई सर्पले टोक्यो । उसको आक्रोशित शरीर र विह्वल आत्माले त्यो रातै आफ्नै छाउगोठलाई अन्तिम गन्तव्य बनाइदियो ।

उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगियो । तर, उनले उपचारकै क्रममा मृत्युवरण गरिन् ।

उनी अछामको मेल्लेखकि हुन । उनको परिवार बसाइं सरेर कञ्चनपुर कृष्णपुर –१ निगालीमा बस्दै आएको छ ।

शहर फेरीए, रहर फेरीए तर संस्कार फेरीएन

सुदूरका ग्रामीण क्षेत्रका नागरिकले आफ्नो जन्मभुमी छोडे, विकास खोजे, राम्रो शिक्षा खोजे, राम्रो खाना खोजे, आरामदायी बसाई खोजे, गाउँ फेरे, शहर फेरे, आफ्ना रहर फेरे । तर, आफ्नो कुरीति कुसंस्कार फेरेनन् । बरु ज्यान जावस, संस्कार जानुभएन भन्ने किसिमको मानसिकता मानसपटलमा सेट गरेर राखेका छन् ।

पहाडबाट तराई झरेका नागरिकले संस्कारको नाममा ज्यानै जोखिममा राखिरहेका छन् ।

बसाइंसराइं गरेर तराई बसीरहेका अछाम, बझाङ, बाजुरा र डोटी लगायत क्षेत्रका समुदायहरुका प्रत्येक घरमा छाउगोठ छन् ।

पहाडी जिल्लाहरुमा सरोकारवाला निकायले फटाफट छाउगोठ भत्काए पनि तराई क्षेत्रमा बनाएका छाउगोठमा भने पुग्न सकेका छैनन् ।

कैलालीको टीकापुर, मसुरीया, लम्की, कञ्चनपुरको कृष्णपुर लगायतका पहाडी समुदायहरुका अधिकासं घरमा छाउगोठ छन् ।

महिलाहरुले बर्खायाममा आगलागी, विसालु जनावर तथा विभिन्न रोगको शिकार हुनुपरेको छ, भने हिउंदमा चिसोबाट हुने बिरामी र कठ्याग्रिंएर ज्यान जोखिममा पर्ने गरेको छ ।

यो घटना नयाँ होइन् । तर प्रत्येक पटक, यो घटनाले पुरानो विश्वास र संस्कृति विरुद्ध गर्ने प्रयासलाई पुनः जीवन्त बनाउँछ ।

महिलाका लागि छुट्टै बस्ने गोठ (छाउगोठ) को अस्तित्व आज पनि सुदूरपश्चिमका पहाडी–तटवर्ती क्षेत्रहरूमा टिकि रहेको छ।

सुदरपश्चिममा औजी लगायत छाउगोठमा बसेको समयमा विभिन्न कारणले ८ जनाको मृत्यु भएसकेको छ ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode