Hikmat Acharya
  • २९ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा जुवातास खेल्दाखेल्दै ६ जना पक्राउ, नगद र तास बरामद


फाइल तस्अफाइल तस्बिर छाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छ जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साँझ ७:५० बजेतिर पुरानो घरको छानामुनि जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले छापा मारेको थियो।

छापाको क्रममा सोही ठाउँका ४१ वर्षीय खेमराज शर्मा सहित ६ जनालाई नगद १८ हजार ९५ रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode