कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।
छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको रुपमा अझै कायम रहेको छ ।
महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ । जसले गर्दा महिलाहरुले अकामै ज्यान गुमाउन बाध्य छन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया