Hikmat Acharya
  • २८ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा वर्षाको सम्भावना, साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने


अछाम– अछाममा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

अछाम जिल्लाको गोपघाट र ओलीगाउँ वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा वर्षा हुने बताइएको छ ।

पछिल्ला तीन घण्टामा हल्कादेखि मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार मंगलवार बिहान ४ बजे सम्मको अवधिमा लगातारको वर्षा मापन गरिएको हो।

विभागले सम्भावित थप वर्षाको पूर्वानुमान गर्दै सो क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode