Hikmat Acharya
  • २२ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्री समक्ष राजीनामा दिँदै राज्यमन्त्री चाैधरी


धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै छन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् ।

मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने छन् । हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode