कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको दर्बगोरिया गाउँपालिका–१ बौनिया र धनगढी उपमहानगरपालिका–७ मनेहराबाट उनीहरु पक्राउ परेका हुन्।
बौनियाबाट २३ वर्षीय रोहित सुनार पाँच ग्राम तीन सय ४० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय, सडकपुरको प्रहरी टोलीले सुनारलाई पक्राउ परेको हो।
त्यस्तै, धनगढी मनहेराका २८ वर्षीय दाता रानालाई २४० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया