Hikmat Acharya
  • १९ असार २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा परस्त्रीबाट कुटिएका हाकिम लक्ष्मीको ‘अमरगढी मोह’ !

हाकिम भन्छन् : म त्यस्तो मान्छे होइन


अछाम :  डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय धनगढीमा परस्त्रीको कुटाइमा परेका छन् भन्ने खबरले डडेल्धुराको प्रशासनिक वृत्तमा हलचल मच्चाएको छ।

विवादमा तानिँदै आएका उपाध्यायको ‘अमरगढी मोह’ पुनः चर्चामा आएको छ।

केही साता पहिले धनगढीस्थित सुनगाभा होटलमा नेपालगन्जकी एक महिलासँग देखिएका उपाध्यायको त्यहीँ झगडा परेको थियो।

ती महिलाले उनलाई जुत्ताले हिर्काएको, मोबाइल हानेको र गन्जीसमेत च्यातेको बताइएको छ। सो घटनाको साक्षी अमरगढी नगरपालिकाकै केही कर्मचारीसमेत रहेको भनिएको छ।

नगरपालिकाका योजना अधिकृत टंकप्रसाद पन्तले उक्त घटना सार्वजनिक गरेका हुन्।

पन्तका अनुसार घटनाको बेला अन्य कर्मचारी पनि थिए, हाकिमलाई ती महिलाले सार्वजनिक रूपमा कुटेकी थिइन्।

घटनापछि उपाध्याय चस्मा लगाएर कार्यालय आउन थालेको एक कर्मचारी बताउँछन्।

‘उहाँको आँखामा निलडाम थियो, अझै पनि डाँम देखिन्छ। अरु कारण हो वा धनगढी घटनाले थाहै भएन्,’ ती कर्मचारीले भने।

गत आइतबार पन्त र उपाध्यायबीच झगडा भएपछि प्रहरीको टोली नगरपालिकामा पुगेको थियो।

पन्तले बिदाको समयमा हाकिमले योजनाबद्ध रूपमा प्रहरी बोलाएर आफूलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन्।

तर उपाध्यायले भने सामान्य कार्यालय कार्यसम्बन्धी विवाद भएको मात्र दाबी गरेका छन्।

पन्तको दरबन्दी बैतडीको शिवनाथ गाउँपालिकामा भए पनि उनी अमरगढीमा काजमा कार्यरत थिए।

विवादपछि उपाध्यायले उनको काज फिर्ता गराएका थिए तर पछि मेलमिलापपछि पुनः काज फिर्ता रद्द गरिएको बताइएको छ।

हाकिम उपाध्याय यसअघि पनि अमरगढीमा विवादमा तानिएका थिए।

नगरका कर्मचारी लालबहादुर साउदसँग झगडा भएपछि उनी नगर छाडेका थिए। सो समयमा पनि उनी कुटिएको चर्चा थियो।

नगरकै एक कर्मचारी भन्छन्, ‘कुटाइ खाएर फर्किनु सामान्य होइन, उहाँ हाकिम सापको ‘अमरगढी मोह’ अचम्मको छ। उहाँलाई पटकपटक ल्याउनुको कारण पनि रहस्यमय छ।’

उपाध्याय तीनपटक अमरगढी नगरपालिकामा हाकिम बनेर आएका छन्। कर्मचारीहरू बीचमा उनको प्रशासनिक शैलीमाथि प्रश्न उठ्न थालेको छ।

उनीसँग काँग्रेसबाट जितेका जनप्रतिनिधि समेत रुष्ट छन्।

यति विवादबीच पनि अमरगढी फर्किने उनको मोह अब कर्मचारी र सर्वसाधारणको चर्चाको विषय बनेको छ।

के भन्छन् उपाध्याय ?

पन्तसँगको विवाद सामान्य अफिसियल कुरा भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्याय बताउँछन्।

पश्चिम रैबारसँगको कुराकानीमा उनले धनगढी सुनगाभा होटलको बारेमा आफूलाई थाह नभएको र ती महिलालाई आफू नचिन्ने बताए।

उनले यस बारेमा पन्तलाई नै सोध्न आग्रह गरे।

‘पृथ्वी सानो छ, राजा। हामी पृथ्वीमा बस्छौं। कसैको चरित्र हत्या गरेर कसैलाई केही फाइदा छैन्। न तपाईंलाई न मलाई, है राजा। म त्यस्तो मान्छे पनि होइन ,’ उनले भने।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode