Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा एक वृद्धाको हत्या, कुकुर लगाएर अनुसन्धान गरिँदै


धनगढी : कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक वृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

८० वर्षीया मातादेवी शाहीको शव मंगलबार बिहान सवा ८ बजे आफ्नै घरभित्रै खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

शाही आफ्नै दुईतले घरको माथिल्लो तलामा एक्लै बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानअनुसार उनको छातीमा धारिलो हतियारको प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न सकेको छैन । अनुसन्धानको सिलसिलामा तालिमप्राप्त कुकुरको सहयोगमा घटनास्थलको निगरानी गरिए पनि अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode