Hikmat Acharya
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

लेखराज भन्छन् : एमाले भित्रको गुटबन्दी अन्त्य हुनुपर्छ


धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताए । उनले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताए।

सचिव भट्टले भने, “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode