Hikmat Acharya
  • ९ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कैलालीका दुई जना पक्राउ


धनगढी : कैलाली प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा दुई जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ।

ठगी गर्दै ठूलो रकम असुलेको अभियोगमा पक्राउ परेका ती व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय तपेन्द्र बिक्रम विष्ट र ४७ वर्षीय दिपक साउद रहेका छन्।

कैलाली प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ क्षेत्रबाट नियन्त्रणमा लिएको बताए।

तर, प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरि नेपाल ल्याइएको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode