Hikmat Acharya
  • २० साउन २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुराका सातवटै स्थानीय तहले सार्वजनिक गरे बजेट, कुन पालिकामा कति ?


डडेल्धुरा : डडेल्धुराका सबै सातवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आ-आफ्नो बजेट सार्वजनिक गरेका छन्।

विभिन्न पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन्।

सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै ८० करोड ४९ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ।

नगर उपप्रमुख विमला कुमारी बोहराले १७ औं नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन्।

अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले ५३ करोड २ लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

पालिकाहरुले संघीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन्।

अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने बताएका छन्।

गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटहरूमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode