सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा साउद नियुक्त

धनगढी: सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउद नियुक्त भएका छन्।
सामाजिक विकास मन्त्री मेघराज खड्काले साउदलाई कार्यकारी उपाध्यक्षमा नियुक्त गरेका हुन्।
नियुक्तिपछि साउदलाई मुख्यमन्त्री कमल बहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सामाजिक विकास, आर्थिक मामिला तथा आन्तरिक मामिला मन्त्रीलगायतले शुभकामना र बधाई दिएका छन्।
अनुभवी व्यक्तित्व साउदको नियुक्तिसँगै युवाको नेतृत्व विकासमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।
साउद विगत एक दशकदेखि खेलकुद तथा युवा गतिविधिमा सक्रिय रहँदै आएका छन्।
उनी नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय स्तरका खेलाडी हुन्।
सामाजिक अभियन्ताका रूपमा समेत परिचित साउदले नेतृत्व विकास तालिम, नीति बहस र विभिन्न युवा आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन्।
पदभार ग्रहण गर्दै साउदले युवाको क्षमता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन र सामाजिक न्यायमा केन्द्रित कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया