Hikmat Acharya
  • १८ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

घरेलु मदिरालाइ ब्राण्डिङ् गर्दै पञ्चदेवल बिनायक : बिधेयक पारित


अछाम । पञ्चदेवल विनायक नगरपालिकाले ऐतिहासिक निर्णय गर्दै स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने प्रक्रिया अघि बढाएको छ। नगरपालिकाको १४औँ नगरसभाबाट पारित ‘घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन’ अनुसार अब गाउँघरमा लुकिछिपी उत्पादन हुँदै आएको मदिरा कानुनी दायरामा ल्याइनेछ।

नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारीका अनुसार स्थानीय रूपमा उत्पादन हुने कोदो, मकै, जौ, र अन्य फलफूलबाट बनाइने मदिराको गुणस्तर परीक्षण गरी ब्रान्डिङ गरिनेछ। ऐन पारित भइसकेकाले अब कार्यविधि र नियमावली निर्माण गरी कार्यान्वयन अघि बढाइने उनले जानकारी दिए।

घरेलु मदिराको अनियन्त्रित उत्पादन र विक्रीलाई नियन्त्रणमा ल्याउन पालिकाले कठोर कदम चाल्दै ऐनको उल्लङ्घन गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

नगरप्रमुख अम्बिका चलाउनेले भनिन्,”गाउँमा अहिले पनि घरेलु मदिराका भट्टीहरू चलिरहेका छन्। अब तीलाई दर्ता गरी कानुनी रूपमा साना उद्योगको रूपमा विकास गरिन्छ। यसले उनीहरूलाई व्यवसायिक बनाउनेछ।”

जनजातीय परम्परामा आधारित संस्कारसँग मदिरा जोडिएको भन्दै उनले ऐन व्यवस्थापनको आवश्यकता औंल्याइन्।

नगर उपप्रमुख हर्क बहादुर रावलका अनुसार ऐन लागु भएपछि लुकीछिपी हुने कारोबारमा कमी आउनेछ भने, दर्ता प्रक्रियाबाट कर प्रणाली मजबुत हुँदै स्थानीय रोजगारीका अवसरहरू पनि सिर्जना हुनेछन्।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode