Hikmat Acharya
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

पारदर्शिता र प्रगतिको संकेत : मेल्लेखमा बजेट कार्यान्वयन उत्साहजनक (भिडियो)


अछाम । चालू आर्थिक वर्ष २०८१/८२ मा मेल्लेख गाउँपालिकाको बजेट कार्यान्वयन प्रगति सन्तोषजनक रहेको प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले बताएका छन्। उनका अनुसार गाउँपालिकाले चालू र पुँजीगत दुबै तर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ।

प्रशासकीय अधिकृत बुढाका अनुसार, चालू तर्फ ९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा असार १ गतेसम्म ६ करोड ४० लाख रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ६७ दशमलव ३५ प्रतिशत हो।

त्यसैगरी, पुँजीगत तर्फ १९ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ६५ प्रतिशत हो। अधिकांश योजनाहरू सम्पन्न भई भुक्तानी भइसकेका छन् भने केही योजना भुक्तानीको प्रक्रियामा रहेका छन्।

“विकास निर्माणका योजना पारदर्शी, गुणस्तरीय र समयमै सम्पन्न गर्न पालिकाले विशेष ध्यान दिएको छ,” बुढाले भने, “गौरवका योजनाहरूको संयुक्त टोलीमार्फत स्थलगत अनुगमन भइरहेको छ।”

यसैबीच, समानीकरणतर्फको बजेट ९ प्रतिशतले घट्ने देखिएकाले करिब ७५ लाख रुपैयाँ बराबरको योजना अपूर्ण हुने अवस्था सिर्जना भएको छ। सो दायित्व आगामी आर्थिक वर्षमा समेटिने बुढाले जानकारी दिए।

उनका अनुसार स्रोत सीमित भए पनि उपलब्ध बजेटको प्रभावकारी उपयोगमार्फत जनउत्तरदायी सेवा प्रवाह र पूर्वाधार निर्माणमा मेल्लेख गाउँपालिका अग्रसर रहेको छ।

अधिकृत हिक्मत बहादुर बुढासंगको कुराकानी ;-


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode