जागे बान्नीगढीका युवा : आगलागी पिडितलाइ ६ लाख बढी राहात बितरण
 
	
				
			अछाम । जयगढका आगलागी पिडितलाई जागरुक युवाहरुले ६ लाख बढि राहात बितरण गरेका छन् ।
गएको चैत्र २६ गते जयगढमा भएको भिषण आगलागीबाट क्षति व्यहोरेका ३४ जना आगलागी पिडितहरुलाइ राहात बितरण गरिएको हो ।
स्थानिय जागरुक युवाहरुले समूह बनाएर व्यक्तिगत रुपमा पिडितहरुका लागि ६ लाख २३ हजार ९ सय ९३ रुपैँया संकलन गरेका थिए ।
जागरुक युवाहरुका तर्फबाट आगलागी पिडितहरुका लागि आकास ठकुल्ला र खगेन्द्र साउँदको नेतृत्वमा खगेन्द्र साउँदको खातामा रकम जम्मा हुने गरि देश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट ६ लाख २३ हजार ९ सय ९३ रुपैँया संकलन भएकोमा उक्त रकमको व्याज सहित ६ लाख २५ हजार रकम पिडितहरुलाइ एक कार्यक्रमका बिच बितरण गरिएको हो ।
जागरुक युवाहरुका तर्फबाट गणेश साउँदको अध्यक्षतामा औपचारिक कार्यक्रम गरि जयगढ बिच बजारमा समारोहका गरिएको राहात बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद,उपाध्यक्ष बिन्दु रावल,बरिष्ठ समाजसेवी तिलक बहादुर खत्री,पालिका सरकारका प्रवक्ता मोहनलाल ताम्राकार लगायतका अतिथि रहेका थिए ।
जागरुक युवाहरुको समुहले क्षति व्यहोरेका र पूर्ण रुपमा बिस्तापित भएका आगलागी पिडितको अवस्था मध्यनजर गर्दै सोही अनुसार राहात रकम बितरण गरेको छ ।
युवाहरुको सक्रियतामा परोपकारी काम भएकोमा कार्यक्रमका उपस्थितहरुले खुसी व्यक्त गर्दै उक्त कार्यको खलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै अतिथिहरुले युवाहरूको सामाजिक उत्तरदायित्वप्रतिको भावना, तत्परता र पारदर्शितापूर्ण कार्यशैलीको खुलेर प्रशंसा गरे।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले युवाहरूको पारदर्शिता, सामाजिक उत्तरदायित्व र मानवीय भावनाले प्रेरित परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता अभियानहरूमा पालिका सरकारको साथ र सहकार्य रहने प्रतिबद्धता जनाए।
आगामी दिनमा पालिका सरकारका रचनात्मक कार्यमा युवाहरुको साथ सहयोग रहने बिश्वास गर्दै उनले बिकास र समृद्धिका लागि युवाहरुसंग पालिका सरकार हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा अभियानको उदेश्य र औचित्यबारे खगेन्द्र साउँदले प्रकाश पारेका थिए भने संचालन कमल साउँदले गरेका थिए ।
यस परोपकारी कार्यप्रति कार्यक्रम सहभागीहरूद्वारा प्रसंसा व्यक्त गरिएको छ भने भविष्यमा पालिकाका रचनात्मक अभियानमा युवाहरूको निरन्तर सहकार्य हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
संकलन अभियान, रकमको पारदर्शी व्यवस्थापन, प्राथमिकता आधारित वितरण र स्थानीय सहकार्यको यो नमुना संकटमा एकताले के गर्न सक्छ भन्ने उदाहरण बनेको छ।








साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया