बाजुराको बाम्का बजारमा भीषण आगलागी

धनगढी: बाजुराको बाम्का बजारमा आगलागी भएको छ। शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका– ६ मा रहेको बाम्का बजारमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ।
बजारमा रहेको एक होटलमा सिलिन्डर पड्केर होटलबाट आगो सल्किएको बताइएको छ भने सो बजारमा १८/१९ पसल रहेको बुझिएको छ।आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया