Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममा विषालु च्याउ खाँदा तीनजना बालबालिका बिरामी


अछाममा विषालु च्याउ खाँदा तीनजना बालबालिका बिरामी

अछाम: अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका छन्। रामारोशन गाउँपालिका–७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्।

घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए। बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।

तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकहरूलाई आग्रह गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode