Hikmat Acharya
  • २० साउन २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

राजाको नाममा अवसरवादी सलबलिँदैछन् : प्रदेश प्रमुख मिया


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले हाल राजावादीको नाममा केही अवसरवादीहरू सक्रिय भइरहेका बताएका छन्।

नेपाल पत्रकार महासंघद्वारा आयोजित अनलाइन मल्टिमिडिया सम्बन्धी सुदूरपश्चिमस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संघीयता विरोधीहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै भने, “अहिले राजावादीको आवरणमा अवसरवादीहरू चलखेल गरिरहेका छन्। संघीयता विरोधीहरूले गलत प्रचार गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन्।”

संघीयताले मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

उनले भने, “मैले अर्घाखाँचीमा गाविस अध्यक्ष हुँदा जम्मा २२ लाखको बजेट थियो। अहिले पालिकाहरू ५० औँ करोडसम्मको बजेट कार्यान्वयन गर्दैछन्। प्रदेशमा ३०/३५ अर्ब रुपैयाँको बजेट बन्छ। यो सबै संघीयताकै उपज हो।”

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम प्रदेश प्राकृतिक, सांस्कृतिक र मानवीय दृष्टिले अत्यन्त सुन्दर रहेको बताए।

“प्रदेश प्रमुखको शपथ लिएर यहाँ आउँदा केहीले मलाई सुदूरपश्चिमबारे नकारात्मक धारणा सुनाए। तर यहाँ आएपछि त्यो भन्दा भिन्न अनुभव गरेँ। यहाँका जनता सालिन छन्, प्रदेश सुन्दर छ। यसलाई अझ सुन्दर बनाउन सकिन्छ,” उनले भने।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode