साँफेबगरकाे हाटबजार र एयरपोर्ट बजारमा संयुक्त अनुगमन, म्याद नाघेका सामग्री बरामद

अछाम : अछामको साँफेबगर नगरपालिका वडा नं. ३ स्थित हाटबजार र वडा नं. ४ को एयरपोर्ट बजारमा संयुक्त बजार अनुगमन गरिएको छ।
अनुगमनमा साँफेबगर नगरपालिका उप–प्रमुख तथा बजार अनुगमन समिति संयोजक शिव बहादुर कुँवरको नेतृत्व रहेको थियो।
अनुगमन टोलीमा करदाता सेवा कार्यालय वडाध्यक्ष, प्रहरी, नगरपालिका कर्मचारी तथा सञ्चारकर्मीहरू समेत सहभागी थिए।
अनुगमनका क्रममा बजारमा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरू बिक्री वितरण नगर्न व्यापारीहरूलाई चेतावनी दिइएको छ।
बरामद सामग्रीहरूको विधिवत् मुचुल्का तयार गरी साँफेबगर नगरपालिकाको कार्यालयमा नष्ट गरिने गरी राखिएको छ।
अनुगमनका क्रममा २९ पेटी ओपो चाउचाउ, ९७३ पिस विभिन्न साइजका बुष्ट तथा फुट जुस, ४१ बोतल विभिन्न ब्रान्डका बियर, ९ बोतल एप्पल साइडर रक्सी, ५ दर्जन कोकोनट बिस्कुट, १४ पिस पालिस, १२ पिस कपडामा हाल्ने रंग, ९ पिस फेसवास, ७ पिस दाँत मञ्जन र ३ पिस फेस क्रिम बरामद गरिएको जनाइएको छ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया