बलात्कार आरोपीत डोटीका च्यामे गड्डाचौकीबाट पक्राउ

दीपायल : किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।
डोटीको दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय च्यामे भनी चिनिने गंगाराम कोली पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङ स्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ।
घटना केही महिना अघिको भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन्।
उनलाई प्रहरीले कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट पक्राउ गरेको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया