Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीबाट संसद बैठक अवरुद्ध


गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीबाट संसद बैठक अवरुद्ध

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।

बैठकको सुरुमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्री लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए।

उनले गृहमन्त्रीलाई अहिले नै दोषी करार नगर्ने भन्दै छानबिनका लागि पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे।

उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म बैठक अगाडि बढ्न नसक्ने बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताएका थिए।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode