Hikmat Acharya
  • २ असार २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

नेपाली भूमि लिपुलेक हुँदै भारतको कैलाश यात्रा, सरकार हेरेको हेर्‍यै


काठमाडौं : भारतले दाबी गर्दै आएको  नेपाली भूमी लिपुलेक, कालापानी हुँदै तिब्बतको कैलाश मानसरोवर लैजाने यात्रा मार्ग पुनः प्रयोगमा ल्याएको छ।

भारतीय विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको कैलाश मानसरोवर यात्रा–२०२५ का लागि बनाइएको पोर्टलमा नेपाली भूभागलाई समेटेर तीर्थयात्री लैजाने योजना सार्वजनिक गरिएको हो।

भारतले बनाएको यात्रामार्गमा गुन्जी, कालापानी, लिपुलेक, ताक्लाकोट जस्ता स्थानहरू उल्लेख छन्। जुन स्थानहरू नेपालले सन् २०२० मा जारी गरेको राजनीतिक नक्सामा आफ्नो भूभागका रूपमा समेटेको थियो।

तर यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेकोमा चासो बढेको छ। सीमा विवादबारे सन् २०२० यता ठूला राजनीतिक अभिव्यक्ति आएका भए पनि भारतले दोहोर्‍याएर त्यही मार्ग प्रयोग गर्दा पनि कूटनीतिक स्तरमा औपचारिक आपत्ति जनाइएको छैन। चीन पनि यसपटक मौन देखिएको छ।

यद्यपि लिपुलेक क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा पर्छ। भारतीय विदेश मन्त्रालयका अनुसार, यो वर्षको यात्रा कार्यक्रम अन्तर्गत ५ हजार ५६१ जनाले आवेदन दिएका थिए, जसबाट कम्प्युटर प्रणालीबाट ७५० जनालाई छानिएको हो।

तीर्थयात्रीलाई २२ दिने यात्राको लागि १ लाख ७४ हजार भारतीय रुपैयाँ शुल्क तोकिएको छ। भारतले बनाएको कार्यक्रम अनुसार, १५ टोलीलाई कैलाश लैजाने तयारी गरिएको छ।

तीमध्ये पाँच टोलीलाई उत्तराखण्डको लिपुलेक मार्ग हुँदै र बाँकी १० टोलीलाई सिक्किमको नाथुला मार्ग हुँदै लैजाने भनिएको छ। वृद्ध तथा स्वास्थ्य समस्या भएकाहरुलाई लिपुलेकको सट्टा नाथुला मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode