Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

यसपाली सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखिन्छ : मन्त्री सार्की


धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले पत्रकारिता क्षेत्रका लागि यस वर्ष यथोचित बजेट विनियोजन ल्याइने बताएका छन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजना गरिएको “विकास पत्रकारिता सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम”मा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री सार्कीले यस अघिका बजेटप्रति असन्तुष्टि जनाए।

उनले भने, “चालु वर्षमा सञ्चार क्षेत्रमा भएको बजेटप्रति मेरो पनि चित्त बुझेन। तर आगामी वर्षको बजेटमा हामीले गम्भीर ध्यान दिएका छौं।”

उनका अनुसार मन्त्रालयले सञ्चार क्षेत्रमा विनियोजन गर्ने बजेटलाई प्राथमिकतामा राखेको छ, यद्यपि बजेट सिलिङ घटेको अवस्था रहेको छ।

साथै, मस्यौदामा रहेको आमसञ्चार विधेयक यही बजेट अधिवेशनमा दर्ता गर्ने तयारीसमेत भइरहेको उनले बताए।

“विधेयक मेरो पहिलो प्राथमिकता हो। यसमा आवश्यक सुझावहरू समेटेर अन्तिम छलफलपछि प्रदेश सभामा लैजाने तयारी भइरहेको छ,” मन्त्री सार्कीले स्पष्ट पारे।

कार्यक्रमका विशिष्ट अतिथि सचिव डा. दिपेन्द्र कुमार मिश्रले आन्तरिक मामिला मन्त्रालयले सञ्चार मन्त्रालयको भूमिका पनि निर्वाह गर्ने भएकाले यस क्षेत्रमा बजेट अपरिहार्य रहेको बताए।

उनले पत्रकारितालाई राज्यका तीन अंगझैँ खबरपालिका मानेर सम्मानजनक बजेट आउनुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न पत्रकार संघ, संगठन तथा सल्लाहकारहरूले समेत आफ्नो धारणा राख्दै बजेट र नीतिगत प्रष्टता सुनिश्चित हुनुपर्ने माग गरे।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode