जंगलघाटमा पक्की पुल निर्माण तीव्र : कहिलेसम्म हुन्छ पूरा ? (भिडियो सहित)
तराईसंगको १०० किलोमिटर बढि दुरी छोटिने

अछाम । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका स्थित कर्णाली नदीको जंगलघाटमा पक्की पुल निर्माण कार्यफे तीव्रता पाएको छ। संघिय सरकारको करिब १४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुलले अछामलाई सुर्खेत हुँदै तराईका जिल्लासँग छोटो दुरी सहित सडक सम्पर्कमा ल्याउनेछ।
पुल निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि वसन्तराज सिलवालका अनुसार निर्धारित समयसीमा भित्र गुणस्तरीय निर्माण पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ। “पुल निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको बताउदै उनले २०८४ अगावै सम्पन्न गर्ने दावी गरेका छन् ।
हाल पुल नहुँदा अछामबाट सुर्खेत तथा तराईका जिल्लातर्फ जाने सवारीसाधनहरू लामो घुमाउरो बाटो भएर जान बाध्य छन्। विशेषतः चारपाङ्ग्रे सवारी साधनले कैलाली लगायतका जिल्लामा जादा डोटि डडेल्धुरा,दैलेख सुर्खेत हुँदै लामो दूरी पार गर्नुपर्दा समय, श्रम र इन्धन सहित खर्च बढ्ने गरेको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले पुल निर्माणले अछामको विकासमा युगान्तकारी भुमिका खेल्ने बताएका छन् ।
“जंगलघाटको यो पुल तुर्माखाँदका लागि मात्र नभई सम्पूर्ण अछामवासीका लागि अत्यन्तै महत्त्वपूर्ण पूर्वाधार हो अध्यक्ष बि.सी.ले भने,पुल निर्माण सम्पन्न भएपछि अछाम जिल्ला सुर्खेत र तराईका जिल्लासँग सिधा र छोटो दुरीमा जोडिनेछ, जसले सामाजिक, आर्थिक र भौतिक विकासमा उल्लेखनीय परिवर्तन ल्याउनेछ।”
उक्त पुल निर्माणपछि अछामदेखि तराईसम्मको यात्राको दूरी १०० किलोमिटर भन्दा बढीले छोटिने छ। यसले यात्रुहरूको समय बचत मात्र होइन, मालसामान ढुवानी खर्चमा समेत कमी ल्याउनेछ। साथै, स्थानीय उत्पादनहरूलाई बाह्य बजारसम्म लैजान सजिलो हुने र आपतकालीन अवस्थामा छिटो आवतजावत सम्भव हुने छ ।
पुल निर्माणसँगै आसपासको क्षेत्रमा व्यापार, पर्यटन तथा सेवामूलक क्षेत्रमा समेत लगानीको वातावरण बन्ने अपेक्षा गरिएको छ।
यो पुलले अछाम जिल्लाको दूरदराज क्षेत्रलाई समृद्धि र सम्भावनाको मूल प्रवाहमा ल्याउने आम नागरिकको विश्वास छ।
ठेकेदार वसन्त सिलवालसंगको कुराकानी :

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया