Hikmat Acharya
  • १८ साउन २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीकि युवती हनिट्रयापमा ?


काठमाडौं : राजधानीमा हनी ट्र्यापमार्फत आर्थिक ठगी गर्ने कार्यमा संलग्न दुई महिला पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन्।

अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जालमार्फत चिनजान गरिएका व्यक्तिहरूलाई भेट्न बोलाई, आपसी मेलमिलापको बहानामा होटल पुर्‍याई, पछि ब्ल्याकमेल गर्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार, तामाङ र चौगुठीले एक युवकलाई ठमेल बोलाई मदिरा सेवन गराई नग्न तस्बिर र भिडिओ खिचेर पछि बलात्कारको झुटो मुद्दा लगाउने धम्की दिएका थिए।

त्यस्ता धम्कीका आधारमा काठमाडौंको ४ आना जग्गा मागिएको र पछि ५ लाखको चेक लिइएको उजुरी प्रहरीमा परेको थियो।

“शुरुमा सामान्य सामाजिक सम्पर्कका नाममा योजना बनाइन्थ्यो। पछि भेटघाट र सौहार्दपूर्ण वातावरण सिर्जना गरेर मानसिक दबाबमा पार्ने र अन्त्यमा ठगीको जालो फालिन्थ्यो,” अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए।

प्रहरीले उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दामा फसाउने धम्की, ब्ल्याकमेलिङ र ठगीसम्बन्धी मुद्धा दर्ता गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode