Hikmat Acharya
  • ६ भदौ २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका डीआईजी बिक जिल्ला दाैडाहमा


कञ्चनपुर : हालै सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व सम्हालेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले जिल्लास्तरीय निरीक्षणलाई तीव्रता दिँदै प्रहरी संगठनलाई अनुशासित, जिम्मेवार र जनउत्तरदायी बनाउने प्रतिवद्धता जनाएका छन्।

सप्ताहौँदेखि विभिन्न जिल्ला प्रहरी कार्यालयहरूको स्थलगत निरीक्षणमा रहेका डीआईजी बिकले सोमबार कञ्चनपुर पुगेर स्थानीय प्रहरीसँग छलफल गरेका थिए।

निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई नैतिक आचरण र पेशागत जिम्मेवारीमा कुनै सम्झौता नगर्न निर्देशन दिए।

“समाजमा प्रहरीप्रतिको विश्वास बढाउन हामीले समुदायसँग सहकार्य गर्नुपर्छ,” डीआईजी बिकले भने, “चोरी, तस्करी र लागुऔषधका गतिविधिलाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लागू गरिनेछ।”

उनले सुदूरपश्चिममा बढ्दो लागुऔषध दुव्र्यसनलाई चुनौतीका रूपमा उल्लेख गर्दै शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत यो अभियानमा जोड्नुपर्ने बताए।

डीआईजी बिकले जनताको समस्या बुझेर त्यसको समाधानतर्फ केन्द्रित हुन प्रहरीलाई निर्देशन दिएका छन्। कर्तव्यनिष्ठ प्रहरीलाई प्रोत्साहन र लापरवाह प्रहरीलाई कारबाही गरिने स्पष्ट सन्देश उनले दिएका छन्।

बैतडी, दार्चुला र बझाङ जिल्ला बाहेक सुदूरपश्चिमका अन्य सबै जिल्लाको निरीक्षण सकिसकेका डीआईजी बिकले निकट भविष्यमा बाँकी जिल्लाहरूको पनि अवलोकन गर्ने जनाएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode