अन्ततः सुदूरपश्चिमको वन मन्त्री बने रामेश्वर, आजै सपथ !
 
	
				
			धनगढी: सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय डेढ महिनापछि मन्त्री पाउने तयारीमा छ।
तर, यो नियुक्ति नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको तीव्र आन्तरिक विवादका बीचमा हुन लागेको हो।
मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार, नाउपाको सिफारिसअनुसार रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।
उनले आज मन्त्री नियुक्त हुने स्पष्ट संकेत दिएका छन्। तर, पार्टीभित्रै असहमति चुलिएको छ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले दलको विधान विपरीत सिफारिस भएको भन्दै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई पत्र लेखी शपथ रोक्न आग्रह गरिसकेका छन्।
यसअघि यही मन्त्रालय सम्हालेका लक्ष्मणकिशोर चौधरीले चैत १६ गते राजीनामा दिएका थिए। त्यसयता मन्त्रालय नेतृत्वविहीन रहँदै आएको हो।
नाउपाको आन्तरिक शक्ति संघर्षकै कारण मन्त्रालयको रिक्त पद लामो समयसम्म भरिन सकेको थिएन।
अहिले पनि स्पष्ट सहमति बिना भइरहेको नियुक्तिले पार्टीभित्रको असन्तुलन झनै गहिरिने संकेत देखिएको छ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया