Hikmat Acharya
  • २१ असार २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

बाजुराको हिमालीमा जीप दुर्घटना, ६ जना घाइते


बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं. ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं. ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन्।

उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कंदै गरेका विद्यार्थीहरू हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो।

घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode