Hikmat Acharya
  • २६ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

चौरपाटीमा माया मेट्रोको विशेषज्ञ स्वास्थ्य शिविर : ढकारीमा पनि संचालन हुने


अछाम । डोटीस्थित स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा माया मेट्रो अस्पताल धनगढीको सहकार्यमा अछामको चौरपाटी गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ ।

गाउँपालिकाको आधारभूत अस्पतालमा “मेरो मुटु स्वस्थ मुटु” भन्ने मुलमन्त्रका साथ विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको हो ।

शिविर आज साँझसम्म संचालन हुने छ । स्वास्थ्य कार्यालय अछामको समन्वय र चौरपाटी गाउँपालिकाको सहयोग, माया मेट्रो हस्पिटल प्रा.लि. धनगढीको सहकार्य र स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा शिविर संचालन भईरहेको माया मेट्रो अस्पताल प्रा.लि.धनगढीमा अध्यक्ष धिरेन्द्र सावदले बताएका छन् ।

उनका अनुसमर शिविरमा मुटु रोग, जनरल फिजिसियन, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसारोग, मानसिक रोग, फिजियोथेरापी, इसिजी, प्रयोगशाला परीक्षण, आयुर्वेद, परिवार नियोजन सेवाका साथै महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत प्रदान गरिने छ।

शिविरमा दक्ष विशेषज्ञ चिकित्सकहरूको टोली खटिने जानकारी दिइएको छ।

साउँदले शिविरको सेवा अधिकतम रुपमा उपयोग गरी स्वास्थ्य लाभ लिन सबैमा आग्रह गरेका छन् ।

उक्त शिविर ढकारी गाउँपालिकामाअर्थात यहि बैशाख २८ गते संचालन हुने छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode