फरार अभियुक्त चन्द अछामबाट पक्राउ

अछाम । जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, र शारीरिक बन्धकसम्बन्धी मुद्दामा फरार रहेका मोहन बहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ ।
पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीबाट उनलाई पक्राउ गरिएको हो ।
बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ निवासी करिब २३ वर्षीय चन्दले परिवर्तित नाम ६९ मंगलसेन–६४ की युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा गएको माघ ४ गते मानव बेचबिखन तथा ओसार पसार, शरिर बन्धक र जवर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता भएको थियो ।
वारदात मिति देखि नै भागी फरार रहेका उनलाई विभिन्न मुद्दाहरूमा मुद्दा दर्ता भई फरार घोषित गरिएको थियो।
गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चन्दलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा बैशाख २५ गते साँझ करिब ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया