Hikmat Acharya
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक वडा सदस्य भारतबाट सम्पर्कविहीन


अछाम – चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका वडा सदस्य दिपेन्द्र बहादुर बोहरा भारतमा उपचारका क्रममा वैशाख १६ गते (अप्रील २९ तारिख) देखि सम्पर्कविहीन भएका छन्।

गाउँपालिका अध्यक्ष भीमबहादुर साउदद्वारा जारी सूचनाका अनुसार बोहरा भारतको नवी मुम्बईस्थित कोपरखन्ना स्टेशन नजिक, सेक्टर नम्बर १९ मा रहेका आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए। सोही क्रममा घुम्न जाने भन्दै बाहिर निस्किएका बोहरा त्यसयता सम्पर्कमा आउन नसकेको जानकारी गराइएको छ।

चार दिनसम्म कुनै सूचना नआएपछि चौरपाटी गाउँपालिकाले बोहराको खोजी कार्यका लागि आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवाला निकायहरूलाई सक्दो सहकार्य गर्न अपिल गरेको छ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode