Hikmat Acharya
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जयगढका आगलागी पिडितलाइ जापानबाट भरतकाे १० हजार सहयाेग


अछाम । जयगढका आगलागी पिडितका लागी जापानबाट भरत कठायतले व्यक्तिगत रु १० हजार सहयोग गरेका छन् ।

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना घर भइहाल जापानमा रहेको उनले आगलागीबाट प्रभावित परिवारहरूको राहत तथा पुनस्र्थापनाका लागि रु १० हजार सहयोग गरेका हुन् ।

आर्थिक सहयोग गर्दै उनले भने “विदेशमा रहे पनि हाम्रो मन र माया सधैँ गाउँमा हुन्छ,”

गएको चैत्र २६ गते जयगढ बजारमा भएको आगलागीबाट बिस्तापित भएकाहरुको सहयोगका लागी खगेन्द्र साउँदसहितका स्थानीय युवाहरूको सक्रियतामा आर्थिक सहयोग संकलन अभियान संचालन भईरहेको छ । सोहि अभियान अन्तर्गत कठायतले उक्त रकम सहयोग गरेका हुन् ।

जापानमा रहेका अन्य युवाहरुले समेत सामुहिक रुपमा आर्थिक संकलन गरि १ लाख ३० हजार ३ सय ५० रुपैँया पठाई सकेका छन् । खगेन्द्र साउँद सहितका युवाहरुको सक्रियतामा संचालिन अभियान अन्तर्गत हालसम्म ४ लाख ७0 हजार बढी रकम संकलन भईसकेको छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode