अखिललाई उचाइमा पुर्याएका मोतीको अछामको पार्टी हाँक्ने रहर : सचिवमा उम्मेद्वारी, युवाहरुमा उत्साह

अछाम । नेकपा एमाले अछामको आसन्न अधिवेशनलाई लिएर अछाम तातेको छ । भोलि (वैशाख १३ गते) मंगलसैनमा हुने अधिवेशनको उद्घाटनका तयारी पूरा भएको एमाले अछामले बताएको छ ।
अधिवेशनबाट अछाम एमालेको नेतृत्व कसले लिन्छ भन्ने विषय चर्चाको विषय बनिरहेको छ । वर्तमान अध्यक्ष चन्द्र बोहरा सहित ७ जनाले पार्टीको जिल्ला नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
वर्तमान अध्यक्ष बोहरा सहित हालका सचिव भीम रावल (कालोटोपी) बम बहादुर बि.सी.शिवराज उपाध्याय, तिलक कुँवर,डी.वि. साउँद,हिरेण्ड भट्टराइले जिल्ला अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
नेकपा एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष डा.भीम रावल र पार्टी अध्यक्ष के.पी शर्मा ओलीबिचको आन्तरिक द्वन्दका कारण अछाम एमाले विभाजित भएको कठिन अवस्थामा कुशल नेतृत्व गरेका जिल्ला अध्यक्ष बोहरालाई पुनः नेतृत्वको मौका दिनु पर्ने अधिकांश कार्यकर्ताको जोड छ ।
बोहराले अधिवेशनको दौरानमा अभिभावकिय जिम्मेवारी पूरा गर्दै सर्वसम्मत नेतृत्व चयनमा जोड दिँदै आई रहेका छन् ।
पार्टीको नेतृत्वका लागी ७ जनाले दाबी प्रस्तुत गरिरहँदा सचिव पदका लागि युवाहरूको रोजाइमा परेका नेता मोती बि.क. पार्टीको भविष्यका लागि नयाँ आशा र जोस बोकेर अगाडि आएका छन् ।
अखिल हुँदै लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेका मोती बि.क.हाल नेकपा एमालेका लोकप्रिय युवा नेता हुन् । साँफेबगर नगरपालिका निवासी मोती पार्टी विभाजनका कठिन परिस्थितिमा पनि संस्थापन पक्षको संरक्षण गर्दै अछाममा एमालेलाई जोगाउने अग्रणी नेताको रूपमा परिचित छन्। । डा. भीम रावललगायत धेरैजसो नेता केपी ओलीविरुद्ध उभिँदा उनी अछाममा पार्टी जोगाउने अभियानमा खुलेर होमिएका थिए।
वि.सं.२०५४ मा आठ कक्षामा पढ्दा नै प्रारम्भिक कमिटी सदस्य भएर विद्यार्थी राजनीतिमा होमिएका उनले इलाका सचिव, जिल्ला सदस्य, बानेश्वर क्याम्पस र नेपाल कमर्स क्याम्पसमा नेतृत्व भूमिका सम्हाल्दै निरन्तरता दिँदै आएका थिए । स्ववियु राजनीतिमा पनि उनको प्रभावशाली यात्रा रहेको छ। २०६५ सालमा उपसभापतिमा विजयी भएका थिए। उनले आफ्नो समूहलाई नै जित दिलाएर क्षमता प्रदर्शन गरेका थिए।
बि.स. २०६६ मा स्ववियु परिचालन विभागको केन्द्रीय सचिव, २०६८ मा अनेरास्ववियु केन्द्रीय सदस्य, पछि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दा उनले दक्ष नेतृत्व दिएका थिए। मधेस र सुदूरपश्चिम दुबै क्षेत्रमा इन्चार्जका रूपमा काम गर्ने क्रममा उनले संगठन सशक्त बनाए।
हाल मोती बि.क. अछाम जिल्लामा एमाले सचिवका लागि मुख्य दाबेदारका रूपमा अघि बढेका छन्। पार्टीलाई कठिन अवस्थामा पुनः उकास्न सक्ने क्षमता र युवाहरूलाई आकर्षित गर्न सक्ने नेतृत्वको खाँचो महसुस भइरहँदा मोतीको नाम चर्चाको शिखरमा छ। उनले भनेका छन् “पार्टी कुनै समूहको होइन, आम कार्यकर्ताको हुनु पर्छ, त्यसैले म सचिव पदमा उम्मेदवारी दिएको हुँ।”
पार्टीका अन्य नेताहरू अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहे पनि, मोती बि.क.को सचिव पदमा उम्मेदवारीले अधिवेशनमा युवाको सक्रिय सहभागिता बढाउने विश्वास गरिएको छ। पार्टीभित्र युवाहरूमाझ लोकप्रियता बढ्दै गएको मोती सचिव बनेमा पार्टी अझ सशक्त हुने अपेक्षा गरिएको छ।



क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया