Hikmat Acharya
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी पीडितका लागि खप्तड रामारोशन टुर एण्ड ट्राभल्सद्वारा १६ हजार सहयोग


बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा गएको चैत्र २६ गते भएको आगलागीबाट बिस्थापित भएका पीडितहरुको राहत तथा पुनःस्थापनाको लागि खप्तड रामारोशन टुर एण्ड ट्राभल्स प्रा.लि. धनगढीले १६ हजार आर्थिक सहयोग गरेको छ ।

कम्पनीले विपद् प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको हात अघि बढाएको हो।

यसअघि पनि विभिन्न संघसंस्थाहरु, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले पीडित परिवारहरुप्रति सहानुभूति प्रकट गर्दै नगद तथा सामग्री सहयोग गर्दै आएका छन्।

जयगढ बजारमा गत चैत २६ गते साँझ भएको विनाशकारी आगलागीबाट पूर्ण रूपमा क्षति भएका परिवारहरूको राहात तथा पुनस्र्थापनाका लागि विभिन्न युवाहरूको सक्रियतामा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ।

अभियानमा सक्रिय खगेन्द्र साउदका अनुसार हालसम्म अभियानले हालसम्म करिव ३ लाख रकम संकलन गरिसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।

संकलित रकम पीडित परिवारहरूको पुनस्र्थापना तथा आवश्यक राहत व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।

उक्त आगलागीमा २५ घर तथा टहरा र तीनमा सञ्चालित ३५ वटा पसल पूर्णरूपमा ध्वस्त भएका थिए। प्रारम्भिक विवरणअनुसार आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode