Hikmat Acharya
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अग्नी पीडितलाई माया मेट्रोको १ लाख ५१ हजार : राहतसहित जयगढ पुगे अध्यक्ष साउँद


अछाम — माया मेट्रो अस्पताल धनगढी कैलालीले बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडितका लागि राहतस्वरूप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

उक्त सहयोग राशीसहित अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद स्वयम् जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

“मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन,” अध्यक्ष साउँदले भने, “हालका लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं। आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा समेत सक्दो सहयोग गर्नेछौं।”


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode