होलीको अवसरमा मुजाबगरमा स्लो बाइक रेस प्रतियोगिताकाे आयाेजना
अछामको मुजाबगरमा होली पर्वको अवसरमा स्लो बाइक रेस प्रतियोगिता आयोजना हुने भएकाे छ। यहि फाल्गुन २९ गते हाेलिकाे अवसरमा बजार व्यवस्थापन समितिकाे आयाेजनामा स्लो बाइक रेस प्रतियोगिता आयाेजना गरिएकाे हाे ।
यस प्रतियोगिताले बाइक चलाउने कला मात्र होइन, धैर्य र संयमको पनि परीक्षण गर्नेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागी ५०० रुपैयाँ दर्ता शुल्क कायम गरिएकाे छ। प्रतियोगितामा विजेतालाई आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको मनाेज कठायतले बताएका छन्। उनका अनुसार प्रतियाेगीता फाल्गुन २९ गते बिहान ८ बजेबाट सुरु गरिने छ ।
प्रतिस्पर्धामा सहभागी हुने सबैलाई सुरक्षा सुनिश्चित गर्न हेलमेट लगाउन र आवश्यक नियमकाे पालन गर्न अनिवार्य गरिएकाे छ।
यो प्रतियोगिता बाइक प्रेमीहरूलाई रमाइलो अनुभवसँगै उनीहरूको सीप र धैर्यको पनि परिक्षण गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। इच्छुक सबैलाई प्रतियोगितामा भाग लिनको लागि हार्दिक निमन्त्रणा गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया